Aamsanchar

त्रिसुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेको अवस्था छिटो पत्ता लगाउन जोड

Author Image
मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बेपत्ता रहनुभएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र परिवारका अन्य सदस्यको अवस्था हालसम्म अज्ञात रहेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीको निजी सचिवालयका तर्फका उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले आज विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई घिमिरेको खोजी र उद्धारमा अत्याधुनिक उपकरणको प्रयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

रेग्मीले पूर्व गृहमन्त्री घिमिरे तथा उहाँका भाइहरुको अवस्था हालसम्म अज्ञात हुनाले आफू अत्यन्त दुःखित भएको जनाउँदै उहाँहरुको स्थिति पत्ता लगाई यथाशक्य छिटो सार्वजानिक गर्न विशेष आग्रह गर्नुभयो ।

तीर्थबाट फर्कने क्रममा पूर्वपरराष्ट्रमन्त्री घिमिरेसहित उहाँका भाइहरु चढेको गाडी यही असोज ९ गते चितवनको दारेचोक गाविसको घोप्टेभिरमा दुर्घटनामा परेको थियो । हालसम्म घिमिरेसहित उहाँका भाइहरुको अवस्था अज्ञात नै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१