Aamsanchar

११ सिनेमा हलले २५ लाख मनोरञ्जन कर तिरेनन्

Author Image
बुधवार, असोज १२, २०७३

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन हँुदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ ।

हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ भने पाँच वटा भाडाका रहेका छन् । सञ्चालित सबै चलचित्र घरले मनोरञ्जन कर नतिर्दा यतिधेरै बक्यौता बाँकी रहेको काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रवकुमार काफ्लेले जानकारी दिनुभयो ।

“चलचित्र घरले हालसम्म कर तिरेका छैनन्,” उहाँले भन्नुभयो । अब केही दिनभित्रमा कर नतिरे कानुनी प्रक्रिया अघि बढाउने राजस्व महाशाखाले तयारी गरेको छ । कर नतिर्ने चलचित्र घरको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने जस्ता कारबाही गरिने छ ।

चलचित्र घरमा टिकट बिक्री हुने बित्तिकै प्रति टिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने प्रावधान छ । महानगरपालिकाले २०५६ सालदेखि चलचित्र घरको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको हो । मूल्य अभिवृद्धि कर लागू भएपछि मनोरञ्जन कर हटेको भन्दै चलचित्र घरले सो कर तिर्न आनाकानी गरेको काफ्ले बताउनुहुन्छ । तर स्थानीय स्वायत्त शासन कर नियमावली अनुसार मनोरञ्जन कर लिने व्यवस्था रहेकाले उक्त शीर्षकको कर कुनै पनि हालतमा तिर्नुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर