Aamsanchar

बिरामी माग्नेले गरे मन्त्रीलाई घोचे (व्यंग्य भिडियो)

Author Image
बुधवार, असोज १२, २०७३

झापा ।
हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजीक भिडियोमा देखिएका छन् । केहि वर्ष अगाडि रेकर्ड गरिएको “मन्त्रीको सालो” बोलको व्यंग्यात्मक गीतमा उनी पनि देखिएका हुन् । स्वास्थ्य स्थितिमा केहि सुधार भएपछि उनले सो भिडियोका लागि समेत केहि दृश्यहरु दिएका छन् । पूर्ण रुपमा सन्चो नभएकाले माग्ने बुढा आफैँ मन्त्रीको सालोका रुपमा प्रस्तुत हुन भने सकेका छैनन् । मन्त्रीलाई घोचपेच गरिएको यस गीतका शब्द सिर्जना माग्ने बुढा आफैँले गरेका हुन् भने गीतमा हरि लम्सालको संगीत छ । दीपक आचार्यको निर्देशनमा गीतको म्युजीक भिडियो तयार भएको हो । भिडियोमा माग्ने बुढासँगै दीपक आचार्य, विनोद राई (घ्याम्पे सुब्बा), बेगम नेपाली (भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायत देखिएका छन् । गोकुल अधिकारीको छायाँकन र अमन मानन्धरको सम्पादन रहेको व्यंग्यात्मक गीतको भिडियो यस्तो छ ।

https://mail.google.com/mail/u/0/#inbox/1576fa6410d75c0d?projector=1

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१