Aamsanchar

झारा टार्ने हिसाबले संशोधन प्रस्ताव

Author Image
बिहिवार, असोज १३, २०७३

विराटनगर ।

Bijaya.jpg.pagespeed.ce.wYey90m_JG

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अरु दलसँग पनि छलफल गरेरमात्र अघि बढ्नुपर्ने सुझाव दिए ।

सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेको उल्लेख गर्दै उनले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

पत्रकारको जिज्ञासामा अध्यक्ष गच्छदारले स्थानीय तहमा इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकाले दलहरुको सहमतिमामात्र स्थानीय तहको सीमांकन र संख्या निर्धारण गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)