Aamsanchar

करोडौं उठाएर व्यापारी बेपत्ता

Author Image
बिहिवार, असोज १३, २०७३

धनगढी ।

यहाँका एक व्यवसायी स्थानीयवासीवाट ऋणस्वरुप लिएको करोडाँैं रुपैयाँसहित फरार भएका छन् ।

स्थानीय क्याम्पस चोकस्थित दीप डेरी उद्योग र किराना पसलका सञ्चालक दीपक खड्का सपरिवार तीन दिनअघि फरार भएपछि आफूहरूको रकम डुबेको सोही ठाउँकी पीडित रुपा कुँवरले बताउनुभयो । आफूले खड्कालाई ब्याजमा रु २० लाख ऋण दिएको कुँवरको भनाइ छ ।

खड्का स्थानीय बासिन्दाबाट चर्को ब्याजमा लिएको रकम र धितोमा बैंकबाट लिएको करिब रु १२ करोडसहित फरार भएको बताइएको छ ।

खड्काले भने आफ्नो डायरीमा आफूलाई स्थानीय शेखमुनिर नामका व्यक्तिबाट असुरक्षा भएको भन्दै विस्थापित भएर थाइल्यान्ड जानुपरेको लेखेका छन् ।

खड्का र शेखमुनिरबीच स्थानीय सर्वसाधारणबाट लिइएको ऋणमा मिटर ब्याजको विषयलाई लिएर विवाद हुने गरेको बताइएको छ । खड्काले डायरीमा आफ्नो सुरक्षाका लागि स्थानीय प्रशासनसँग गुहार मागेको भएपनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

यद्यपि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले असुरक्षा भएको भन्ने खड्काको भनाइ गलत रहेको बताउनुभएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर