Aamsanchar

चोरलाई ११ लाख जरिवाना

Author Image
बिहिवार, असोज १३, २०७३

इलाम ।

चोरीमा संलग्न दुई युवकलाई जिल्ला अदालतले जनही डेढ महिना कैद र १० लाख ८४ हजार ९५४ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको एकल इजलासले चोरीका मुख्य योजनाकार भनिएका पाँचथर आङसाराङ–६ घर भई बरबोटे–३ बिब्ल्याँटेमा बस्दै आएका ३२ वर्षीय यादव अधिकारी र सोयाङ–१ का उदयविक्रम तामाङलाई  कैद र जरिवानाको फैसला सुनाएको हो ।

अदालतले मुलुकी ऐन चोरी महलको १ र ३ अनुसार कसुर ठहर गर्दै उनीहरूलाई सोही महलको १४ (१) नम्बरबमोजिम सजाय सुनाइएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो । बिब्ल्याँटे बजारमा रहेको दुर्गाप्रसाद पराजुलीको कविता मनिट्रान्सफर र कविता गहना ट्रेड सेन्टरबाट गत फागुन १७ गते अधिकारी र तामाङसहित आएका युवाको समूहले चोरी गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

मनिट्रान्सफर तथा गहना ट्रेड सेन्टरबाट उनीहरूले २२ तोला सुन र नगद चोरी गरेकामा रु १७ हजार र करिब १० तोला सुन नभेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर