Aamsanchar

११ जुवाडे पक्राउ

Author Image
बिहिवार, असोज १३, २०७३

भक्तपुर ।arrested-12-peopel-for-playing-gamble-21033

महानगरीय प्रहरी परिसर भक्तपुरले जुवातास खेलिरहेका ११ जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२ का रामकृष्ण गनेजु, रमेश कुटुव, दिनेश गोसाई, विजय पलिखेल, भक्तपुर नगरपालिका–१२ का विकास भेले, विक्रम त्वायना, कपिलवस्तु–५ का अनिल अग्रहरी अग्रसेन रहेका छन् ।

यसैगरी, भक्तपुर–६ का विष्णुप्रसाद देसेमरु, सुरेन्द्र कुस्मा, भनपा–१५ का सत्यराम शिल्पकार, सूर्यविनायक नगरपालिका–७ का विकास खाताखोे रहेको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका–२ च्यामासिंहस्थित विकुनारायण तमखुको घरमा भाडामा बस्दै आएका विक्रम त्वायनाले आफ्नो कोठामा जुवातास खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।  पक्राउ परेकाको साथबाट रु ९८ हजार २१० र नौ बुक तास बरामद गरिएको छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर