Aamsanchar

यौन जीवनलाई कसरी व्यवस्थापन गर्नै ?

Author Image
बिहिवार, असोज १३, २०७३

एजेन्सीः

images

नेपाली समाजमा विवाह अघिको यौन सम्पर्कलाई स्वीकार गरिदैन । यद्यपी कानुनी रुपमा अस्वीकार्य नभए पनि यो विषयमा धेरै विवाह अघि नै परिपक्व भइसकेका हुन्छन् ।

यौन जीवनलाई विवाह अघि जति रोमाञ्चित बनाउनु हुन्छ विवाह पछि पनि त्यत्तिकै रोमाञ्चित बनाउनु दाम्पत्य जीवनका लागि अति नै आवश्यक हुन्छ ।विवाहपछिको यौन जीवनलाई खुशी र सुखी बनाउन विवाह नै जीवनको आनन्ददायी सुरुवात हो भन्ने कुरा बुझ्नुपर्छ । विवाहपछिको यौन जीवनलाई कहिल्यै पनि बोझ ठान्नु हुँदैन । यस्तो ठानेमा तपाईं जीवनमा ठूलो क्षतिको सामना गर्दै हुनुहुन्छ भन्ने बुझे हुन्छ ।

 

विवाहका सुरुका दिन डेटिङ भन्दा रमाइला हुन सक्छन् । तर, जब श्रीमान र श्रीमतीको भूमिकामा परिपक्व बन्दै जान्छ तब तपाईंले खुशी जीवनका लागि केही कलाको प्रयोग गर्न सक्नुपर्छ । दाम्पत्य जीवनको एउटा खुशी यौन हो भन्ने कुरालाई कहिल्यै भुल्नु हुँदैन। विवाह अघि डेटिङमा जतिपनि खर्च गर्ने तर विवाह पछिका घुमफिरमा खर्च गर्न कञ्जुस कहिल्यै गर्नु हुँदैन । दाम्पत्य जीवनको खुशीका लागि साथीलाई प्रत्येक दिन र हप्ता खुशी बनाउन सक्नुपर्छ ।

विवाह रोमान्स बाहिरको जीवन हो भन्नु हुँदैन । यसरी विभिन्न कुरामा ख्याल गरेर तपाईंले दाम्पत्य जीवनलाई खुशी र सुखी बनाउन सक्नुहुन्छ । विवाह अघि कम झगडा हुने जोडीमा पनि विवाहपछि धेरै झगडा हुनेगर्छ । त्यसलाई कम गर्न जुनसुकै कुरामा दुईजनाबीच समझदारी हुनु आवश्यक हुन्छ ।

नेपाली समाजमा यौन सम्बन्धी खुलेर कुराकानी हुँदैन । श्रीमान श्रीमतीका बीच भने यौनका फाइदा बेफाइदाका बारेमा राम्ररी कुरा गरेर अगाडि बढ्नु उपयुक्त हुन्छ । मिलेर अगाडि बढ्नु नै दाम्पत्य जीवनको पहिलो खुशी हो ।

जीवनलाई खुशी बनाउनका निम्ति एक अर्काले दुवैजनाको यौन रुचीमा समेत दुवैले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर