पाँचथर ।
पूर्वी पहाडि जिल्लाका अधिकांश सडक अबरुद्ध हुँदा ग्रामिण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।
वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेकाले खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत ग्रामिण भेगमा खाद्यान्न अभाव हुन थालेको हो ।
व्यापारीहरुले पनि ढुवानी समस्याले गर्दा दुर्गम स्थलमा खाद्यान्न पुर्याउन नसकिएको बताएका छन् । यातायातका साधनसमेत सञ्चालन नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । उनीहरुले भत्किएका संरचना तत्काल मर्मत गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 178