सुनसरी।

सरकारले कुनैबेला उत्कृष्ट घोषणा गरी पुरस्कृत गरेको सुनसरीको धरान उपमहानगरपालिकालाई बक्लौरी गाविसका कृषकहरुले विरोधस्वरुप विहीबार फोहोर उपहार दिएका छन् ।

धरान उपमहानगरपालिकाले सेउती खोलामा फाल्ने गरेको फोहोर बाढीले बगाएर आफ्नो खेतबारीमा पुर्याएपछि खेती नै गर्न नसक्ने अवस्था बनेको भन्दै बक्लौरीका बासिन्दाले विरोधस्वरुप फोहोर पठाएका हुन् ।

उनीहरुले फोहोर धरान उपमहानगरपालिकाको कार्यालयमा लगेर फालिदिएका छन् ।

Views: 106

