Aamsanchar

युद्धको हल्ला,पाकिस्तानी कलाकारले भारत छाड्न थाले

Author Image
बिहिवार, असोज १३, २०७३

झापा ।

अक्टूबर १५ तारिखमा गुडगाउँमा हुने भनिएको लोकप्रिय गायक आतिफ अस्लमको कन्सर्ट रद्द भएको छ।

गुडगाउँ जिल्ला प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै आयोजकलाई कन्सर्ट स्थगित गर्न सल्लाह दिएको थियो। उरी हमालापछि भारत-पाक सम्बन्ध चिसिदाँ यतिबेला भारतलाई कर्मथलो बनाएर बसेका थुप्रै पाकिस्तानी कलाकार मारमा छन्।

भारतको हिन्दू राष्ट्रवादी पार्टी महाराष्ट्र नयनिर्माण सेनाको चलचित्र कालाकार संघले यसअघि पाकिस्तानी सेलिब्रेटीहरुलाई ४८ घण्टाभित्र देश छाड्न धम्की दिएको थियो। त्यसयता, फावाद खान र माहिरा खानले भारत छाडिसकेका छन्। फावाद पछिल्लो समयमा बलिउडमा राम्ररी जमेका कलाकार हुन्।

उनले नयाँ चलचित्रमा सलमान खानसँगै काम गर्ने अवसर पाएका थिए। तर, भारत र पाकिस्तानबीचको विवादपछि उनले यस चलचित्रमा खेल्न नपाउने भएका छन्। माहिरा खान पनि बलिउडमा मन पराइएकी पाकिस्तानी कलाकार हुन्।

उनी पछिल्लो समय शाहरुख खानको चलचित्र रइसमा आबद्ध छिन्। चलचित्रको सुटिङ जारी नै रहेका बेला माहिरा असुरक्षित बनेपछि  बाँकी सुटिङ दुबईमा गर्ने निर्माणपक्षको तयारी छ। यसअघि नयनिर्माण सेनाले शाहरुख खानले माहिरालाई चलचित्रमा खेलाए उनको नयाँ चलचित्र बहिष्कार गर्ने निर्णय गरेको थियो।

बलिउड अभिनेता शाहरुख खान क्षमतावान् पाकिस्तानी कलाकारलाई भारतीय बहिष्कार गर्न नहुने पक्षमा छन्।

पत्रकार सञ्जय गुप्ताले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउँदा बलिउडलाई नै घाटा हुने बताएका छन्। ‘यसरी कलाकारलाई हटाएर हामी पाकिस्तानमा आफ्नो चलचित्रको मार्केटिङ गर्दैछौ।’, व्यङग्य गर्दै गुप्ताले भनेका छन्। एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)