Aamsanchar

एकैदिन १९० सवारी कारबार्हीमा

Author Image
शुक्रवार, असोज १४, २०७३

झापा । 

trafic

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिहिबार एकै दिन १९० वटा सवारीलाई कारबार्ही गरेको छ । सवारी नियम उल्लघन गर्ने सवारीलाई ट्राफिक प्रहरीले कारबार्ही गर्दा एकै दिन एक लाख १० हजार रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले जानकारी दिए ।

उनका अनुसार झापामा सवारी नियम उल्लघन गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले कारबार्ही अभियानलाई तिब्रता दिएको छ । सोही क्रममा झापाका विभिन्न स्थानमा गरीको चके जाँचको क्रममा ८२ मोटरसाइकल, १७ ट्याक्टर, ३३ जिप तथा भ्यान, २६ बस र ४२ वटा ट्रक कारबार्हीमा परेका हुन् ।
कारबार्हीमा परेमा मध्ये ३ मापसे, तीजन सवार १५, क्षमता भन्दा बढी यात्रु राख्ने ३८, बिना हेल्मेड ८, लाइसेन्स नबोक्ने १७, लाइसेन्स बोकेर पनि लाइसेन्स नहुनेलाई सवारी हाक्न दिने १०, ढाला खुल्ला गरी सवारी सञ्चालन गर्ने २२, क्षमता भन्दा बढी भार बोक्ने ३५, जधाभावी पार्किङ गर्ने १०, रोक्न निषेधीत क्षेत्रमा रोक्ने ११, पार्किङ निषेधमा रोक्ने ९, सुरक्षा बेल्ड नलगाउने ६ र कागजपत्र नबोक्ने ५ वटा सवारीलाई कारबार्ही गरीएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

सवारी नियम उल्लघन गर्ने बढेको जनगुनासो बढेपछि ट्राफिक प्रहरीले अभियान तिब्र बनाएको गिरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१