Aamsanchar

एकाएक शहरबाट हराए उनीहरु

Author Image
शुक्रवार, असोज १४, २०७३

रौतहट ।

एक समय सहर बजारमा रिक्साको बाहुल्य थियो । रिक्साको ओहोरदोहोरले नगरमा शोभा बढाएको थियो । तर अहिले रिक्सा एकाएक नगर तथा सहरबाट हराएका छन् ।

बिहानदेखि रातिसम्म घामपानीको पर्वाह नगरी रिक्सा चलाउने अहिले के गर्दै होलान ? सदरमुकाम गौर तथा चन्द्रपुर नगरपालिकाबाट रिक्सा चालक पलायन भएका छन् । लामो समयदेखि रिक्सा चलाउँदा पनि आर्थिक अवस्थामा खासै सुधार नआएपछि उनीहरुले वैकल्पिक पेसा अपनाउन थालेका छन् ।

रिक्सा चालक चन्द्रपुर नगरपालिका – ११ का रामकिशोरी महतो अहिले ‘इ रिक्सा’तर्फ आकर्षित हुनुभएको छ । गौर र चन्द्रपुर नगरपालिकामा अहिले इ रिक्सा सञ्चालनमा छन् । इ रिक्साको सङ्ख्या बढेपछि रिक्सा हराउन थालेको उहाँको भनाइ छ ।

अहिले तीन पाङ्ग्रे रिक्सा फाट्टफुट्ट मात्र देख्न पाइन्छ । लामो समयदेखि अपनाएको व्यवसाय नै सङ्कटमा परेको भन्दै रिक्सा चालकले आयआर्जनका कामका लागि सरकारले विशेष योजना ल्यानुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर