Aamsanchar

‘म्यानपावरले दश हजारको रसिद काटे्र टेबलमुनिबाट लाखौँ लिन्छ’

Author Image
शुक्रवार, असोज १४, २०७३

suryaman

ताप्लेजुङ ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताए ।

पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि ठगी, असुरक्षा जस्ता कुरा बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आफू गम्भीर भएको उनले बताए ।

गुरुङले पाथीभरा क्षेत्र विकास समितिको नवनिर्मित भवनको उद्घाटन गर्दै वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गए पनि विप्रेषण घटेको आँकडा आउनु दुःखद भएको बताए । वैदेशिक रोजगारसँग जोडिएका मेनपावर व्यवसायमा भएको विकृतिलाई प्रमुख चुनौतीका रुपमा लिएको र यसलाई हटाउन कुनै कसुर बाँकी नराख्ने उनको भनाइ छ ।

यस्तै बाहिर ‘फ्रि भिसा फ्रि टिकट’को कुरा गरेर दश हजार रुपैयाँको रसिद काट्ने र टेबलमुनिबाट लाखौँ रुपैयाँ ठगी गर्ने गरेको गुनासो बारम्बार आउने गरेको उनको भनाइ छ । ‘यसलाई समाप्त पार्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्छौँ,’ मन्त्री गुरुङले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर