Aamsanchar

संविधान कार्यान्वयनमा जुट्न नेता नेम्वाङको आग्रह

Author Image
शुक्रवार, असोज १४, २०७३

काँकडभिट्टा (झापा) ।subash

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल राष्ट्रिय जेसिजको क्षेत्र ‘क’ सम्मेलनलाई आज धुलाबारीमा सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सम्पूर्ण राजनीतिक दलहरुलाई आ–आफ्ना अडान छाडेर संविधान कार्यान्वयनमा जुट्न आग्रह गर्नुभएको हो ।

उहाँले नेपालको संविधान विश्वकै उत्कृष्ट र जनता मैत्री भएको दाबी गर्दै भन्नुभयो–“२००७ सालदेखिको जनताको चाहना र भावनाको मूर्तरुप लिने समावेशी संविधान निर्माण भएको छ, यसलाई तत्काल कार्यान्वयन गर्नुको विकल्प छैन ।”

उहाँले केही असन्तुष्ट पक्षबाट संविधान कार्यान्वयन गर्न नदिने र सामाजिक सद्भाव खल्बल्याउन विभिन्न भ्रम फिजाउने काम भइरहेको धारणा राख्नु भयो ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर