Aamsanchar

दृष्टि आँखा अस्पतालमा ‘अल्छी आँखा’को उपचार

Author Image
शनिवार, असोज १५, २०७३

(सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल )

बिर्तामोड, असोज १५ । 

SAMSUNG CAMERA PICTURES

झापाको बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालमा नेपालमा नै पहिलो पटक अल्छी आँखा (एम्लायोपिया) को भिजन थेरापी मार्फत उपचार शुरु भएको छ ।

अस्पतालले पत्रकार भेटघाटको आयोजना गर्दै उक्त प्रविधिको वारेमा जानकारी गराएको हो । अस्पतालका प्रशासक विकास थापाले नेपालमा नै पहिलो पटक भिजन थेरापी पद्दतिबाट आँखाको उपचार शुरु गरिएको बताउनुभयो । उहाँले ५ वर्ष मुनिका वालवालिकाको निःशुल्क आँखा जाँच गरिनेसमेत बताउनुभयो । अहिले नियमित यो पद्दतिबाट ४० जानको उपचार भइरहेको दृष्टि विशेषज्ञ डा अजित ठाकुरले बताउनुभयो । ‘वालवालिकामा यो समस्या बढी देखिने गरेको र नियमित भिजन थेरापी गरे २० हप्तासम्ममा यो समस्या हटेर जान्छ’ डा ठाकुरले भन्नुभयो ।

अस्पतालले भिजन थेरापीको माध्यमबाट आँखाको उपचारका लागि ३१ लाख भारतीय रुपैयाँमा मेसिन खरिद गरेको र प्रत्येक शनिवार यो पद्दतिबाट उपचार गरिने अस्पतालले जनाएको छ । आवश्यकता हेरी अस्पतालले सातामा दुई पटकसम्म पनि सेवा दिने डा ठाकुरले बताउनुभयो । अस्पतालमा दैनिक आँखाको जाँच गरिने भएपनि वालवालिकामा यो समस्या अधिक देखिएकाले उनीहरुलाई लक्षित गर्दै शनिवार यो सेवा उपलब्ध गराइने दृष्टि विशेषज्ञ कविन्द्र राजवंशीले बताउनुभयो ।
थेरापीको माध्ययमबाट आँखाको उपचार गर्दा एक पटकमा ४५ मिनेटदेखि १ घण्टासम्म समयलाग्ने र थेरापीको ३०० रुपैयाँ शुल्क लाग्ने बताइएको छ । उपचारका लागि भारतका आसाम, दार्जिलिङ, वेष्ट वंगाल, लगायतका स्थानबाट पनि विरामी आउने गरेको अस्पतालका प्रशासक थापाले बताउनुभयो । अस्पतालमा आर्थिक वर्ष २०७२÷०७३ मा २६ हजार ४ सय ५१ जनाले आँखा परीक्षण गराएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ३ हजार १ सय ५६ जनाको सफल शल्यक्रिया गरिएको र ५ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको आँखा नानी विशेषत्र डाक्टर भाइराजा श्रेष्ठले जानकारी दिनुभयो । आँखा जाँच गराउन ४० प्रतिशत विरामी भारत तथा अन्य मुलुकबाट आउने गरेको अस्पताल श्रोतले जनाएको छ ।

कस्तो हुन्छ अल्छी आँखा ?
दृष्टि विशेषज्ञ डा ठाकुर भन्नुहुन्छ – अल्छी आँखा भनेको एउटा आँखाले काम देख्नु हो । सामान्यतया मानसको दुवै आँखाले काम गरेको जस्तो हुन्छ तर हामीलाई थाहा नै हुँदैन एउटा आँखाले कम देखिरहेको हुन्छ डा ठाकुर भन्नुहुन्छ–यस्तो अवस्थामा आँखाको विशेष परीक्षणबाट मात्र यो समस्या पत्ता लाग्छ ।

सानै उमेरमा यो समस्या देखिएपनि पछि मात्र टाउँको दुख्ने, आँखा विजाउने, आँखा रातो हुने, पढ्दा आँशु बग्ने लगायतका समस्या देखापर्ने र पछि आँखा नै टेडो भएर जाने हुँदा यसको वेलैमा उपचार गर्न जरुरी हुन्छ डा ठाकुरले भन्नुभयो ।
कसरी हुन्छ अल्छी आँखा ?
डा ठाकुरका अनुसार मस्तिष्कले प्रयाप्त काम नगर्दा आँखालाई अल्छी बनाउने गर्छ । एउटा आँखाले कम देख्ने र अर्काेले बढी देख्ने गर्छ भने कमदेख्नेलाई मष्तिस्कले नै अल्छी बनाएर बढी देख्नेलाई मात्र काम लगाउदा यो समस्या हुने गरेको पाइएको छ डा. ठाकुर भन्नुहुन्छ ।

अल्छी आँखा भएका कारण पढेको कुरा वालवालिकाले झट्टै नबुझ्ने गरेको पाइएको छ उहाँले भन्नुभयो । अल्छी आँखाका कारण आँखा टेडो भएपनि भिजन थेरापीको माध्ययमबाट उपचार गरिए यस्तो समस्या हटेर जाने उहाँको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर