Aamsanchar

अनेरास्ववियूद्वारा मैनालीको अनशनप्रति ऐक्यबद्धता

Author Image
शनिवार, असोज १५, २०७३

 बिर्तामोड,।

chaitanya mainali

बिर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ सूत्रीय माग राखी आमरण अनसनमा वसेका चैतन्य प्रकाश मैनालीको अनसन प्रति अनेरास्ववियूको केन्द्रीय कमिटीले पनि ऐकेवद्धता जनाएको छ ।

मैनालीको अनसन स्थलमा आएपुगेको केन्द्रीय उपाध्यक्ष सुनिता वराल लगायतको केन्द्रीय कमिटीले ऐकेवद्धता जनाउदै सरकारको ध्यानाकर्षणका लागि आग्रह गरेको छ । उपाध्यक्ष वरालले छिटो भन्नदा छिटो यस कुराप्रति सकारात्मक सम्वोधनाका लागि सरकारको ध्यानाकर्षण गराउछौं भन्नुभएको छ ।

अनसन स्थलमा अनेरास्ववियूका अनुसासन आयोगका अध्यक्ष तुलसी मैनाली, केनद्रीय सदस्य केशव चाम्लिङ राई, माधव पन्त, अनिता राई, रविनद्र सुवेदी, चन्द्र चम्लागाई, पूर्व केन्द्रीय कमिटी सदस्य दीपेन्द्र अधिकारी, सह सचिव मनोज ताम्ली, अनेरास्ववियू मेची क्याम्पस अध्यक्ष विनोद भट्टराई, पूर्व अध्यक्ष क्षेत्र नम्वर ५ अध्यक्ष भरत उप्रेतीले अनसनप्रति समर्थन जनाएका छन् ।

मैनाली चार दिनदेखि आमरण अनसन वसिरहेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकले जनाएका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर