Aamsanchar

फलामे पुलको उद्घाटन

Author Image
शनिवार, असोज १५, २०७३

विर्तामोड । 

14518538_1124350400977458_894002517_n

पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोड स्थित अदुवा खोला पुलको दक्षिणपट्टी निर्माण गरिएको फलामे पुलको आज उद्घाटन गरिएको छ ।
शिक्षा सेवी एवं समाजसेवी जयनारायण ढुङगानाले उक्त फलामे पुलको निर्माण गरिदिएका हुन् । पुलको शंकायार्चाय लक्ष्मि खतिवडाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । समाजसेवी ढुङगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख तिथीको रुपमा शंखरार्चाय खतिवडा रहेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका मोटरसाइकलहरु पार गरीएको ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीले जानकारी दिएका छन् ।
कार्यक्रममा पुल निर्माता ढुङ्गानाले आफुले पुन्य कार्य गरेको भन्दै यसको लागत नखुलनउने बताएका छन् । उनले भने–मैले समाजका लागी काम गरेको हुँ यसको पैसामा मुल्याङ्कन गर्दिन् । पुलको सुरक्षाको जिल्लामा ट्राफिक प्रहरीले लिने र रंगरोगन तथा मर्मतको काम ढुङगानाले गर्ने सम्झौता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गिरीले बताए ।
पुल साँघुरो हुदाँ दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरीले फलामे पुल निर्माण गरिदिन सामाजिक ब्यक्तिहरुलाई आह्वान गरेको थियो । जिल्ला विकास कार्यालयले बनाईदिने भनेपनि उक्त काम हुन नसकेको जनाइएको छ । पुल निर्माण भएपछि साइकल यात्री तथा पैदल यात्रीलाई धेरै सहज भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)