झापामा शनिअर्जुन नगरपालिकाको शनिश्चरे बजारमा शनिबार ‘मेरो रेडियो’ १०५ मेगाहर्जको नियमित प्रशारण सुरु भएको छ ।
जिनियस मिडिया प्रालिद्वारा सञ्चालित सो रेडियोको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरे । शनिअर्जुन नगरपालिकामा स्थापित उक्त रेडियो जिल्लाको १५औं रेडियो हो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि सांसद् प्रेमबहादुर गिरीले पत्रकारहरु मर्यादित र व्यवसायिक बन्दै पत्रकारिता क्षेत्र सम्पूर्ण जगतका लागि कोशेढुंङ्गा सावित हुनुपर्ने बताए ।
रेडियो सञ्चालक समितिका अध्यक्ष शंकर सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, जिल्ला कृषि सहकारी संस्था झापाका उपाध्यक्ष महेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।
तस्वीरःअमित खम्बू