Aamsanchar

नेपालमा वायु प्रदुषणबाट १०८०० को मृत्यु

Author Image
आइतवार, असोज १६, २०७३
उपत्यकाका तीन स्थानमा वायु प्रदुषण मापन केन्द्र स्थापना गरिएका छन्

काठमाडौं ।

बढ्दो वायु प्रदुषण मापन गर्न विभिन्न स्थानमा वायु प्रदुषण मापन यन्त्र राख्नुका साथै वायु प्रदुषण नियन्त्रण रणनीति तयार गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन्।

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालमा प्रति १ लाख जनामध्ये ३६ जना वायु प्रदुषणका कारण उत्पन्न हुने समस्याले ज्यान गुमाउने गर्छन्।

जनसंख्या तथा वातावरण मन्त्रालयले भर्खरै उपत्यकाका तीन स्थानमा वायु प्रदुषण मापन केन्द्र स्थापना गरेको छ।

केही समयमै सात स्थानमा त्यस्तो उपकरण राख्ने तयारी भइसकेको अधिकारीहरुले बताएका छन्।

विश्व स्वास्थ्य संगठनले यसै हप्ता सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा १ लाखमा ३६ जनाको निधन वायु प्रदुषणको कारणले हुने गरेको छ।

ह्यदयघात, मुटु सम्बन्धी समस्या, फोक्सोको क्यान्सर र स्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरु रहेको बताइएको छ।

I

वायु प्रदुषणको कारणबारे जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागका प्रवक्ता मोहनदेव जोशी भन्छन्,”अध्ययनले देखाए अनुसार सबैभन्दा वढी मात्रा सवारी साधनबाट निस्किने धुलोको हुँदोरहेछ। त्यसको लगभग ४० प्रतिशत प्रदुषण हुँदोरहेछ। दोस्रोमा कृषि क्षेत्रबाट निस्किने प्रदुषण र तेस्रोमा चाहिँ ईटा भट्टाबाट निस्किने धुलो धुँवा रहेछ।”

यो समस्यासंग जुध्नका लागि सरकारका विभिन्न निकायबीच समन्वय हुन नसक्नु प्रमुख कमजोरी रहेको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली बताउँछन्।

उनले भने,” कार्यान्वयन तहमा संरचनाहरु छैन। अन्य मन्त्रालय, निकायहरु र नागरिकको पनि सहयोग लिने हो। विभिन्न मन्त्रालयहरुसंग हामीले छलफल गरिरहेका छौं। खासगरी स्थानीय निकायहरु नगरपालिका, महानगरपालिकाहरुको यसमा बढी भूमिका हुने गर्दछ।”

वातावरण मन्त्रालयले अहिले वायु प्रदुषण नियन्त्रणका लागि रणनीति बनाइरहेको र त्यसको प्रतिवेदनको आधारमा सुधारका कार्यक्रम गर्ने जनाएको छ।

एशियाली विकास बैंकको सहकार्यमा बनिरहेको उक्त रणनीतिको प्रतिवेदन आउन ४ महिना लाग्ने बताइएको छ।

तर यसअघिका प्रदुषण मापन र नियन्त्रण सम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन नसकेको आरोप अधिकारीहरुले खेप्दै आएका वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर