Aamsanchar

हेलो सरकारको पत्र मेची क्याम्पसलाई,१२५% शुल्क वृद्धिको तयारी

Author Image
आइतवार, असोज १६, २०७३

बिर्तामोड ।

झापाको सदरमुकामस्थित मेची बहुमुखी क्याम्पसलाई प्रधानमन्त्रीले जनताको गुनासो सुन्ने निकाय ‘हेलो सरकार’ले पत्र पठाएको छ।

मेची क्याम्पसले विज्ञान सङ्कायको शुल्क १ सय २५ प्रतिशत बृद्धि गर्न लागेपछि विद्यार्थीले गरेको गुनासोको आधारमा हेलो सरकारले क्याम्पसलाई पत्र पठाएको हो।

क्याम्पसले विज्ञान सङ्कायको शुल्क बढाउन लागेपछि विद्यार्थीले विरोध पनि गरेका छन्।

क्याम्पसले विद्यार्थीसँग पटक-पटक छलफल गरेपनि वार्ता असफल भएको छ।  अनेरास्ववियु मेची बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विनोद भट्टराईले क्याम्पसले शुल्क बढाएको कुरा ट्वीटरमार्फत हेलो सरकारलाई जानकारी गराएका थिए।

उनले नियमित कक्षा सञ्चालन समेत नभएको विद्यार्थीले गुनासो गरेका थिए।

हेलो सरकारले तत्काल क्याम्पसलाई पत्राचार गरी के कारणले नियमित कक्षा सञ्चालन हुन नसकेको हो, त्यसको जानकारी गरी ७ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र शिक्षा मन्त्रालयमा जानकारी गराउन भनेको छ।थाहाखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर
गोरखकाली पूजा, गोरख सन्देश ?
बुधवार, असोज ९, २०८१
आज अष्टमी श्राद्ध
बुधवार, असोज ९, २०८१