Aamsanchar

राजदूतका लागि पौडेल र उपाध्यायको नाम अनुमोदन

Author Image
आइतवार, असोज १६, २०७३

काठमाडौंः

dipkumar-upadhaya-and-lilamani-paudel-57f0a8ad9c6985.72363585

चीन र भारतका लागि प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ।

सिंहदरबारमा आइतबार बिहान बसेको समितिको बैठकले सरकारले चीन र भारतका लागि राजदूतमा प्रस्ताव गरेका लीलामणी पौडेल र दीपकुमार उपाध्यायको नाम अनुमोदन गरेको हो।

चीनका लागि प्रस्तावित पौडेलको नाममा समितिले सर्वसम्मतीबाट अनुमोदन गरेको हो। तर, भारतका लागि राजदूतमा सिफारिस भएका उपाध्यायको नाममा भने सर्वसम्मती जुुट्न सकेन। उपाध्यायलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाएको थियो।

उपाध्यायलाई अघिल्लो सरकारले फिर्ता बोलाएपनि कांग्रेस–नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले पुनः भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो। अघिल्लो सरकारले फिर्ता बोलाएका व्यक्तिलाई पुनः भारतका लागि राजदूतमा सिफारिस गरेको भन्दै एमाले र राप्रपा नेपाल उपाध्यायको विपक्षमा उभिएका हुन्।

भारतका लागि दोस्रो पटक राजदूतमा सिफारिस भएको उपाध्याय पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन्। चीनका लागि राजदूतमा सिफारिस भएका पौडेल नेपाल सरकारका पूर्व मुख्य सचिव हुन्।

सुनुवाइ समितिले नाम अनुमोदन गरेसँगै पौडेल र उपाध्यायलाई राजदूतमा नियुक्त हुने बाटो खुलेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)