विर्तामोड ।
झापा–११ले माने भञ्ज्याङ गोल्डकपको उपाधि जितेको छ ।
भारतको दार्जिलिङस्थित माने भञ्ज्याङमा भएको फाइनल खेलमा यूके एफसी खर्साङलाई १का विरुद्ध ५ गोल गर्दै झापा–११ल गोल्डकपको उपाधि चुमेको हो ।
भुटान, बंगलादेशसहित भारतका प्रतिष्ठित फुटबल क्लवलाई पछि पार्दै झापा–११ले उपाधि जितेको छ । जितसँगै झापा–११ले एक लाख ५० हजार भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । झापाकातर्फबाट कर्ण लिम्बू ३ र दीलेन लोक्तामले २ गोल गर्दै जीत सुनिश्चित गरेका हुन् ।
सेक्टेम्बर १८ देखि सुरु भएको गोल्डकप भारतको प्रतिष्ठित माने भञ्ज्याङ फुटबल क्लवले आयोजना गरेको हो । नेपालका राष्ट्रिय स्तरका फुटबल क्लव समेत सहभागी भएका थिए । नेपालीहरुको बसोबास रहेको सो क्षेत्रमा झापाको खेल हेर्न हजारौं नेपाली उपस्थित थिए
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 556