Aamsanchar

जेठाजुले हान्दा बुहारीको मृत्यु,अंश विवाद

Author Image
सोमवार, असोज १७, २०७३

गुलरिया (बर्दिया) ।

जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ ।

बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा मादकपदार्थ सेवन गरेका ढकालले गरेको ढुङ्गा प्रहारबाट आफ्नै बुहारीको टाउकामा गरी गम्भीर चोट लागेको थियो । घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घटनापछि फरार रहेका जवालसिंह ढकाललाई राति नै कैलाली टीकापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर