Aamsanchar

राजाकै हैसियतमा ज्ञानेन्द्र पैदल हिडेपछि..

Author Image
सोमवार, असोज १७, २०७३

काठमाडौँ:

Gyanendra-Saha-57f0c6a93b7874.59696429

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजाकै हैसियतमा पचली भैरबमा खड्ग चढाएका छन् । परम्परा अनुसार प्रत्येक १२ वर्षमा खड्ग चढाउने गरिन्थ्यो । देशमा राजा नभएपछि खड्ग कसले चढाउने भन्ने विवाद र अन्योल हुँदा यस पटक १५ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले नै खड्ग चढाएका हुन् ।

ज्ञानेन्द्र गणेस्थानदेखि पचलीभैरवसम्म पैदल नै गएका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयबासीले ठूलो विशेष छाता ओढाएर विशेष स्वागत समेत गरेका थिए । मन्दिर क्षेत्रमा प्रवेश गर्दा राजावादी केही कार्यकर्ता र शुभेच्छुकले ‘हाम्रो राजा हाम्रो देश,’ ‘राजा आऊ देश बचाऊ’लगायत नारा समेत लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका प्रेस सल्लाहकार फणिराज पाठकका अनुसार पचली भैरबका गुठियाहरुको आग्र्रहमा पूर्वराजाले नै खड्ग चढाएका हुन् । पाठकले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘स्थानीय गुठियारले राजाकै हैसियतमा आमन्त्रण गरेपछि सरकार सहभागी भएर खड्ग चढाउनुभएको छ ।’

यस अघि २०५८ मा ज्ञानेन्द्रले राजा भएकै समयमा खड्ग चढाएका थिए । खड्ग चढाउन पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

पचली भैरबमा खड्ग चढाएमा दैवी शक्ति प्राप्त हुने र शुभकार्य हुने विश्वास गरिन्छ । पचली भैरबमा खड्ग चढाएसँगै ज्ञानेन्द्रले सवालाख बत्ती समेत बालेका छन् ।
यसै अवसरमा पचली भैरबमा जात्रा समेत हुने गर्दछ । यो जात्रा मल्ल राजा गुणकामदेवको पालदेखि सुरु गरिएको हो ।  गणतन्त्रमा राजाले चलाएको परम्परालाई बिर्सिएको भन्दै स्थानीय गुठियाले ज्ञानेन्द्रलाई पचली भैरवको जात्रामा सहभागी हुन आग्रह गरेपछि ज्ञानेन्द्र आइतबार बिहान मन्दिरमा पुगेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर