Aamsanchar

छठ पछि देखाइदिन्छौं -मधेसी मोर्चा

Author Image
सोमवार, असोज १७, २०७३

काठमाडौं:

madheshi-morcha

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म आफ्ना माग पूरा नभए सशक्त मधेस आन्दोलनको चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक भेटमा मोर्चाका नेताहरूले आन्दोलनले सरकारको समीकरणमै परिवर्तन ल्याउने चेतावनी पनि दिएका छन् ।

मोर्चाका नेताहरूले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँगका औपचारिक/अनौपचारिक बैठकमा साउन १९ मा भएको तीनबुँदे सहमतिअनुसार संविधान संशोधन प्रस्ताव सरकारले दर्ता नगरेको भन्दै आक्रोश पोखेका थिए ।

मोर्चाका नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बेलायतमा रहेकाले संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा निर्णय गर्न नसकिएको तर्क सत्ता पक्षको छ भने मधेसी नेताहरूले उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री दाहालको निर्देशनअनुसार काम नगरेको आरोप लगाएका छन् ।

आफूहरूसँगको पटकपटकको बैठकमा प्रधानमन्त्री दाहालले दसैंअघि संशोधन प्रस्ताव दर्ता गर्न निधिलाई निर्देशन दिए पनि उनले दाहालको निर्देशन पालना नगरेको गुनासो मधेसी नेताको छ ।

दसैंसम्म संविधान संशोधन नभए मधेस केन्द्रित दलको भाबी रणनीति के हुने भनी सोधिएको प्रश्नमा मोर्चाका नेताहरूले भने, ‘छठसम्म हेरौं, छठ पछि देखाइदिन्छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर