नयाँ दिल्ली:
पाकिस्तानसँग युद्धको अवस्थामा पुगिसकेको अवस्थामा भारतलाई चीनको डरले पिरोलेको छ।
पाकिस्तानी सीमानमा हजारौं सेना र युद्ध सामाग्री उतारिसकेको भारतले चीनसँग सीमाना जोडिएको अरुणान्चलमा पनि सुरक्षा बलियो बनाउन थालेको छ ।
भारतीय वायुसेनाले पूर्वी क्षेत्रमा रहेको अरुणान्चल प्रदेशस्थित चीनसँग सीमाना जोडिएको क्षेत्रमा गस्ती तीब्र बनाएको हो । समाचार अनुसार पाकिस्तानसँग युद्धको तयारीमा रहेको भारतले चीनलाई आफ्नो भूमिमा छिर्न नदिन वायुसेनाबाट गस्ती थालेको हो ।
अरुणान्चलमा वायुसेनाले आफूलाई मजबुत बनाउँदै एयर बेस, बिमानस्थल र अन्य पूर्वाधारलाई मर्मत तथा निर्माणलाई तीब्रता दिएको हो ।
भारतको इतिहासमै पहिलो पटक पूर्वी क्षेत्रमा वायुसेनाले आफ्नो एयर बेससहितका पूर्वाधारलाई दुरुस्त अवस्थामा राख्ने काम केही दिनदेखि अघि बढाइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चीनले यसअघि पनि धोका दिएको जनाउँदै भारत सरकारले यस्तो तयारी थालेको हो ।