Aamsanchar

शर्मिला बर्देवाको मेरो ठुम्कामा….

Author Image
सोमवार, असोज १७, २०७३

लोकप्रिय गायिका शर्मिला बर्देवाले लन्डनबाट एउटा नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । आइतबार हन्स्लो लन्डनमा आयोजित एक समारोहबीच नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष एवं कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल, महासंघ बेलायतका पूर्व अध्यक्ष पत्रकार चिरन शर्मा र बर्देवाकी सुपुत्री अंशिका परियारले मेरो ठुम्कामा मर्छन् हजार…गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा बोलको गीतमा बसन्त सापकोटाको संगीत छ। भिडियो लन्डनका विभिन्न लोकेसनमा छायांकन गरिएको छ । जसको निर्देशन विजय घिमिरेले गरेका छन् । भिडियोमा घिमिरे र मोडल सारा देख्न सकिनेछ ।

कार्यक्रममा गायिका बर्देवाले विदेशमा रहेर क्रियसन गर्न गाह्रो भएपनि वर्षको एउटा म्यूजिक भिडियो दर्शकमाझ ल्याउने अठोट गरिन् ।

करिब डेढ दशकयता बेलायत बस्दै आएकी शर्मिलाका फूलको जवाफ, मेरो हजुरलाई, आँखैमा झल्झली, मेरो आँखाको तारा तिमी, म सँग, तस्बिरमै यस्तो, हिउँचुलीमा हिउँ जस्ता कयौं गीत हिट छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर