Aamsanchar

भारतीय राष्ट्रपतिले कातिक १७ देखि १९ गतेसम्म नेपालको भ्रमण गर्ने

Author Image
सोमवार, असोज १७, २०७३

काठमाण्डौं । 

download

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपालको भ्रमण गर्ने तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमण गर्न लागेका हुन् । लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको उच्च स्रोतले जानकारी दिएको छ ।

यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भएपनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।कान्तिपुरबाट

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर