Aamsanchar

हुलाकी राजमार्ग छिट्टै बन्ने

Author Image
सोमवार, असोज १७, २०७३

भद्रपुर।

timthumb

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राजनीतिक नाराका रुपमा रहेका हुलाकी राजमार्ग अब छिट्टै बन्ने बताउनुभएको छ ।

झापाको महेशपुरस्थित झापा चोकमा सडक विभागद्वारा आज आयोजित चारआली–केचना तथा भद्रपुर–राजगढ सडकमा कालोपत्रे कार्यको शिलान्यास गर्दै उहाँले मेचीदेखि महाकालीसम्मका १७ हुलाकी मार्ग नेपाल सरकारले बनाउने योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।

सत्रमध्ये हाल सात बाटाको निर्माणसम्पन्न गर्न सरकारले रु पाँच अर्ब ५० करोड बजेट विनियोजन गरिसकेको जानकारी दिँदै उहाँले नवनिर्माण गरिने बाटाहरु निर्माण व्यवसायीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको पुनःसंरचना सगँसँगै प्रशासनको पनि संरचना बन्नुपर्ने आँैल्याउँदै नयाँ संरचनामा कर्मचारीको उचित व्यवस्थापन गर्न प्रशासनको संरचना सरकारले गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव धनबहादुर तामाङ, सांसद कृष्णप्रसाद सिटौला, सुधिर शिवाकोटी, दीपक कार्की, जितु गौतम, अमृतलाल राजवंशी र हरि राजवंशीले विकास निर्माणमा अब सरकारले ढिलाइ गर्न नहुने सुझाव दिनुभएको थियो ।

चारआली–सोमबारे खण्ड २० किमिका लागि रु ४१ करोड ६१ लाख ८४ हजारमा कालिका–कन्काई–याकथुमहाङ जेभीले ठेक्का पाएको छ । तीस महिनामा निर्माण हुने उक्त बाटो दुई लेनको हुने छ । भद्रपुर–राजगढ खण्ड २० किमि भने रु २९ करोड ८३ लाख ४९ हजार लागतमा आशिष–याकथुमहाङ जेभीले निर्माण गर्ने गरी ठेक्का लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)