Aamsanchar

६१ औं प्रहरी दिवसको अवसर मिनी म्याराथन दौड

Author Image
मङ्गलवार, असोज १८, २०७३

सुरुङ्गा(झापा)।

SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

६१ औं प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको बिर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारा सहित आयोजना गरेको प्रतियोगितामा ६० जनाको सहभागीता थियो । जसमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न संघ संस्थाका पदाधिकारीले भाग लिएका थिए ।
प्रतियोगितामा काली वहादुरगण चारआलीका वुद्धराज तामाङ प्रथम, सोही गणबाटै आइजनिक रुचाल दोस्रो र वुद्धराज लिम्बू तेस्रो भए । विजयी सवैलाई अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक केदार रिजाललले पुरस्कार प्रदान गर्नुभयो । विजयीलाई पुरस्कार प्रदान गर्दै वरिष्ठ प्रहरी उपरीक्षक रिजालले २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले जनस्तरमा अझैं पनि पर्याप्त काम गर्न नसकीरहेको र प्रहरीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएपनि प्रहरी खुलेर साथी बन्न नसकेको बताउनुभयो । उहाँले जसस्तरमा काम गर्ने प्रहरीलाई साथी बनाएर अपराध नियन्त्रणमा सहयोग पु¥याउन पनि सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्री, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश डालमिया, बिर्तामोड अध्यक्ष वलराम कार्की , नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी, उपभोत्ता हक हित संरक्षण मञ्चका मदनगोपाल सुब्बा लगायतले प्रहरीले गर्दै आएको कार्य उत्कृष्ठ रहेको र विश्वसामु नेपाल प्रहरीले नेपालको नाम राख्न सफल भएकाले आगामी दिनमापनि अझ रचनात्मक कार्य गर्दै जान सल्लाह दिनुभएको थियो ।
कार्यक्रम इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जर्नादन घिमिरेले सञ्चालन गर्नुभएको थियो । तस्विर पनि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर