Aamsanchar

सेनाको निःशुल्क बससेवा

Author Image
मङ्गलवार, असोज १८, २०७३

काठमाडौं ।

Capture9-e1446205395943

नेपाली सेनाले बडादसैंका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौं उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बससेवा सुरु गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार मंगलबार (आज)देखि सुरु भएको सो सेवाअन्तर्गत् काठमाडौंदेखि इटहरी, हेटौंडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बससेवा सन्चालन भएको छ ।

सो सेवा प्रतिसैनिक चारजनाले लिन पाउने व्यवस्था मिलाइएको निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, सेनाले महानवमीदेखि एकादशी (असोज २४ देखि २६ गते) सम्म तीनदिन काठमाडौं उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणको आवागमनमा सुविधा पुर्‍याउन छुट्टाछुट्टै मार्गमा बस सन्चालन गर्ने जनाएको छ ।

ती बस प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सन्चालन हुने प्रबन्ध मिलाइएको र मार्गसम्बन्धी विवरण पछि जानकारी गराइने निर्देशनालयकोे विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 422

प्रतिक्रिया (०)