Aamsanchar

मैले किन पत्रकारिता छाडेर गाइ पाल्न थालें

Author Image
मङ्गलवार, असोज १८, २०७३

sandeha-_gimere1

सन्देश घिमिरे
मेरो घर रामेछापको बाबियाखर्कमा पर्छ । २०६१ सालमा हाम्रो गाउँ बाबियाखर्कमा मात्रै ४ जना पत्रकार दाजुहरु थिए । उनीहरुको त्यतिबेलाको चुरिफुरिले मलाई त्यतै डोहोर्यायो । उनीहरुसँगै जिल्ला झरेँ ।
कम्प्युटर टाईपिग मैले पहिल्यै जानेकाले उनीहरुकै सहयोगी बनँे । उनीहरुको समाचार टाईप गर्दागर्दै २०६३ सालबाट आफैंले रामेछाप सन्देश चलाएँ । जतिबेला जिल्लाबाट एउटा मात्र साप्ताहिक पत्रिका निस्कन्थ्यो ।

जिल्ला स्तरमा अन्य कुनै संचारका माध्यम थिएनन् । यससँगै इमेज च्यानलको संवाददाता बने । समाचार लेख्न थालें । सही र गलत छुट्याउँन थालें । यसले गर्दा पत्रिकाले छोटो समयमै चर्चा कमाउन थाल्यो । टेलिभिजनमा मेरा समाचार बज्न थाले । सार्वजनिक कार्यक्रमहरुमा स्टेजमै बोलाउन थालियो । त्यहाका राष्ट्रिय स्तरका भनिएका पत्रकारका तुलनामा मेरो सम्मानमा कुनै कमी थिएन ।

करिव दुई वर्षको अवधिमा मैलै धेरैबाट स्यावासी पाएँ । त्यस्तै मेराविरुद्धमा ठूलै अवसरबादी समुह खडा भई खुट्टा तान्न लाग्यो । कुनै दिन प्रेसमा पत्रिकासमेत छाप्न नदिएर काठमाडौसम्म लैजानु पर्यो ।  सत्य र सहि कुरा लेख्दै जाँदा असुरक्षा वढ्न थाल्यो, आफन्त भनिएकाहरुले साथ छोड्न थाले र मैले मन्थली छोड्नु पर्यो ।

” मैले अहिले १६ जनालाई रोजगारी दिएको छु । मेरो ब्यवसायले उनीहरुको परिवारसमेत पाल्न सघाएको छ । तराईबाट भुस्सा ल्याएर पशुपालकहरुलाई बेच्ने योजना बनाएको छु । त्यसका लागि एउटा ट्रकको अर्डर गरिसकेको छु । दुध ओसार्ने भ्यान छ । आफू कारमा चढेरै घर र गोठ गर्न थालेको छु । 

त्यसपछिको मेरो यात्रा पुरानो साइकलबाट शुरु भयो । जिल्लामा प्रतिष्ठा वनाएको मानिस एकाएक साइकल चढ्न सहज थिएन काठमाडौंमा । तर पनि आँट गरे । त्यसपछि निर्माण सम्वन्धी पत्रिका चलाउन थाले । जसको नाम थियो ‘भ्वाइस अफ डेभलपमेन्ट’ । साइकल चढेर अन्तवार्ता लिन जान्थे, विज्ञापन खोज्न जान्थे, अनि पत्रिका छापिएपछि आफैँ पुरयाउन जान्थे ।

त्यसमा निर्माणसँग सम्वद्ध व्यक्तिहरुका वारेमा अन्र्तवार्ता र निर्माणसम्वन्धी समाचारहरु प्रकाशन हुन्थ्यो । करिव एक वर्ष पत्रिका चलाएपछि मैले पत्रिकाकै नामबाट २०६५ असारमा कम्पनी दर्ता गरेँ । कलंकीको वाफलमा एउटा सानो कोठा थियो त्यहि कोठामा अफिसको समेत काम गर्नु पर्ने । कम्प्युटरसमेत थिएन । रफ पेपरमा समाचार लेखेर साइवरमा टाइप गर्न जानु पर्थ्यो ।

कम्पनी दर्ता गरेपछि इमेज एफएममा रेडियो कार्यक्रम संचालन गरे । ठूलाठूला निर्माण सम्वद्ध उद्यमीको रेडियोमा अन्र्तवार्ता लिने र आफ्नो अवस्थाका वारेमा पनि बताउँने गर्थें । एफएममा कहिलेकाही लाइभ अन्तवार्ता लिन्थें ।

काठमाडौको जाम र समयको हतारोले गर्दा असिनपसिन गर्दै व्यवसायीहरुको अफिसमा पुग्थें । त्यहाँ साइकल राखेर कहिलेकाही उनीहरुको कारमा अन्तवार्ताका लागि स्टुडियोसम्म लैजान्थे । एक दिनको कुरा हो दुई दर्जन उद्योगका मालिक विजय राजभण्डारीलाई म साइकल चढेर हिडेको देख्दा साह्रै दया लागेछ ।

उहाँले सोध्नुभयो, ‘के भयो भने तिम्रो जिवनमा परिवर्तन आउँछ ?’ मैले भने एउटा कम्प्युटर र अफिस भैदिए । उहाँले कम्प्युटर, अफिस सेटअपसँगै म्याडमले चढ्ने स्कुटरसमेत दिनुभयो । त्यसपछि मलाई पत्रिकाको काम गर्न र रेडियो कार्यक्रमका लागि सहज भयो ।

अफिस भैसकेपछि पत्रिका र रेडियो कार्यक्रमले काठमाडौमा बल्ल टिक्ने अवस्थामा पुगे । अरु व्यवसायीहरुबाट पनि सहयोग पाउन थाले । उनीहरुको सहयोगबाट टेलिभिजन कार्यक्रम संचालन गरें ।  टेलिभिजन कार्यक्रम संचालनको छ वर्षको अवधिमा मैले पाँच सयभन्दा वढी सफल उद्यमीहरुको अन्र्तवार्ता लिएको छु । उनीहरुको कुरा सुन्दा लाग्थ्यो म पनि कुनै उत्पादनशिल काम गरौं, उद्यमी बनौं । जसले भविष्यलाई उज्यालो बनाओस् साथै आत्मसन्तुष्टी पनि मिलोस् । आफुसँग दुई रुपैयाँको पनि हैसियत थिएन ।

पत्रिका संचालन गर्न निक्कै कठिन छ । समाचार र विज्ञापन दुवैको भूमीकामा आफैं देखिनु पर्ने । समाचार छापेबापत कम्पनीको मालिक खुशी त होला तर मुल्य तिरेर छापेको विज्ञापनले कुनै प्रभाव नपार्दा आफैलाई खिन्न लाग्थ्यो ।

ठूलो मासमा जान नसकिने थोरै पत्रिका निकालेर कति चोटी विज्ञापन माग्न गइरहने ? माग्ने पेशा जस्तो लाग्यो । एक चोटी मागेर नपुग्ने । कुनै बहाना निकाल्दै मागेको माग्यै । योभन्दा मेरा लागि टेलिभिजन कार्यक्रम नै उत्पादनशिल लाग्यो । ठूलावडा उद्यमीको अन्तर्वार्ता लियो । तिनैसँग भिडियोग्राफी सम्वन्धी काम माग्यो । विस्तारै काम पाइन थाल्यो ।

विवाह व्रतवन्धहरुमा खिच्न बोलाउन थाले । विस्तारै कम्पनीका प्रोफाइलहरु बनाउँन थाले । प्रोजेक्टहरुका प्रगतिको अवस्थाका भिडियोहरु बनाउँन थालेँ । टिभी कार्यक्रम संचालन गर्न थालेपछि केही रकम बच्न थाल्यो । बचेको रकम र सहकारी संस्थालाई नमो नमः गरी रिण लिएर त्यतिबेलाको राम्रै भिडियो क्यामेरा किनें । यो क्यामेराले मेरो आर्थिक अवस्थालाई निकै सुधार गरिदियो । क्रमशः कम्पनीमा क्यामेरालगायतका उपकरणहरु थपिदै गए ।

अहिले आएर सानोतिनो शुटिग गर्नुपर्दा वाहिरबाट कुनै उपकरण भाडामा लिनु पर्दैन । अहिले २५ भन्दा वढी प्रोजेक्टहरुको भिडियो र फोटोग्राफीको काम मेरै कम्पनी ‘भ्वाइस अफ डेभलपमेन्ट मिडिया’ ले गर्दै आएको छ । कम्पनीले अहिले विज्ञापन एजेन्सी, छपाई, होर्डिगवोर्ड निर्माणको पनि काम पाइरहेको छ । वर्ष भरिमा करिव एक करोड जतिको कारोबार हुन थालेको छ ।

मिडियाको काम पाउन धेरै चाकरी गर्नुपर्ने । सरकारी निकायमा भएको यस्तो काम पाउन महानिर्देशक, सचिव र मन्त्रीकै वरिपरि घुमिरहनु पर्छ । त्यसैले उनीहरुका आसेपासेसमेत मिडियाकै नाम लिएर वरिपरि घुमिरहन्छन् । सरकारी निकायका धेरै काम शक्ति केन्द्रका कार्यकर्ताले हात पारिरहेका छन ।

अस्वस्थ प्रतिष्पर्धा हुन थालेको छ । भिडियोको काममा कुनै सरकारी दररेट नहुँदा सानोतिनो काम पनि मंहगो मूल्यमा लगाई कमिसन हात पार्ने माध्यम बनिरहेको छ । टेण्डरका कामहरुमा पनि मिलेमत्तो भई ठूला मिडिया कम्पनीले काम हात पार्ने गरेका छन् । विकृतिका कारण नयाँ प्रवेशीहरु वढिरहेका छन् । उनीहरु थोरै मुल्यमा काम गर्न तयार छन्  ।

अहिले हाम्रो फार्ममा ३० वटा गाई छन् । ती मध्ये १९ वटाले दूध दिइरहेका छन । बाँकी केही दिनमै  व्याउँदै छन् । अहिले सरदर १ सय ८० लिटर दुध विक्रि भइरहेको छ । दुध विक्रिका लागि शान्तिनगरको नोगेन्द्र कान्छा चोकमा आउटलेट छ । त्यहीँबाट विहानको विहानै र बेलुकाको बेलुकै दुध वितरण हुने गरेको छ ।

यसले भिडियोसम्वन्धी कार्यमा अस्वस्थ प्रतिष्पर्धा भई कामको गुणस्तरसमेत खस्किएर गएको छ । काम गरेर आएको करिव आधा रकम काम लिनकै लागि खर्च गर्नु पर्छ । यसरी कहिलेसम्म गुलामी गरिरहने ? त्यसैले स्वाभिमानकै लागि मैले गाई पालन व्यवसाय शुरुवात गरेको हुँ ।

त्यसैले इनेश एग्रो फार्मको नामबाट काठमाडौको गोकर्णेश्वरस्थित सुन्ताखानमा २०७२ मंसिरबाट गाईपालन व्यवसाय शुरुवात गरेँ । राजधानीमा अत्यधिक दुधको मागको माग छ । यसलाई पुर्ति गर्न लाखौं लिटर दूध दैनिक आवश्यकता पर्ने तथ्यलाई हेरेर गाई पालन व्यवसाय रोजेको हुँ । सामान्य परिवारका मान्छे, धेरै लगानी गर्ने पुँजी छैन ।

ऋण गरेर शुरुवात गरेको व्यवसायले आजको भोलि कमाई दिन थाल्नु पर्छ । नत्र ऋणको भार थाम्न गाह्रो पर्छ । गाई खरिद गरेर ल्याएको भोलिपल्टबाटै दूध बेच्न सकिन्छ । अर्कोतर्फ पहिला गाउँमा पनि घाँस, स्याउला र गोवर गरेको थिएँ । कहीले काही कामदारले धोका दिए भने आफंै गाईको हेरचाह गर्न सक्छु । त्यसैले अन्य पशु पालनभन्दा गाई पालन नै ठीक लाग्यो ।

व्यवसायीक रुपमा गाई पालन गर्न व्यवसायीक तरिका अपनाउनु पर्ने रहेछ । यसमा खानपानको नियमले विशेष भूमिका खेल्छ । घाँस विहान, दिउँसो, बेलुका तीन पटक दिनुपर्ने । घाँस एक चोटीमा एक घण्टाभन्दा वढि समय खान नदिने, गाईको दूध अनुसारको दाना दिने आदि इत्यादि । मैले तीन वटा गाईबाट व्यवसाय शुरु गरेको हुँ ।

तीमध्ये दुई वटा गाई शुरुआतमै मरे । त्यसको कारण रहेछ खानपानको नियम नजानेर । पशुको जात जति पनि खाइदिन्छ । खानपानको नियममा हेलचेक्याई गर्यो भने यसले व्यवसायलाई टाटै पल्टाइदिन सक्छ ।

अहिले हाम्रो फार्ममा ३० वटा गाई छन् । ती मध्ये १९ वटाले दूध दिइरहेका छन । बाँकी केही दिनमै  व्याउँदै छन् । अहिले सरदर १ सय ८० लिटर दुध विक्रि भइरहेको छ । दुध विक्रिका लागि शान्तिनगरको नोगेन्द्र कान्छा चोकमा आउटलेट छ ।

त्यहीँबाट विहानको विहानै र बेलुकाको बेलुकै दुध वितरण हुने गरेको छ । इनेश एग्रो फार्मको आउटलेटमा लेखिएको छ ‘अव ताजा र शुद्ध दुध सेवन गर्न वाच्छावाच्छी भएर जन्मिनु पर्दैन ।’ यदी दूधमा मिसावट पाउनु भयो भने २ हजार रुपैया इनाम दिनेछौं ।

मेशिनबाट दूध दुहिन्छ । प्याक गरेर सिधै बजार पठाइन्छ । बजारमा ९० रुपैया प्रतिलिटरका दरले विक्री हुने गरेको छ । आउटलेट विहान १ घण्टा खुल्छ, बेलुका डेढ घटामै दूध बेची सकिन्छ । ढिलो गर्नेले दुध पाउँदैनन् । हाम्रो ताजा दुध चाख्नेहरु पुन आउने गरेका छन् । यसले हामीलाई उत्साहित बनाएको छ ।

मैले अहिले १६ जनालाई रोजगारी दिएको छु । मेरो ब्यवसायले उनीहरुको परिवारसमेत पाल्न सघाएको छ । तराईबाट भुस्सा ल्याएर पशुपालकहरुलाई बेच्ने योजना बनाएको छु । त्यसका लागि एउटा ट्रकको अर्डर गरिसकेको छु । दुध ओसार्ने भ्यान छ । आफू कारमा चढेरै घर र गोठ गर्न थालेको छु ।

कसैको गुलामी गर्नु नपर्ने, साच्चै स्वाभिमानको पेशा हो गाई पालन । दुःख भने व्यहोर्नु पर्दछ । विहान साढे दुई बजेदेखि गोठमा काम सुरु हुन्छ ।

कहीले काँही ‘तिमी जस्तो मान्छेले के गाई पालेको’ भनेर कतिले हतोत्साहीत बनाएका छन् । तिमी कार चढ्ने मान्छे, भ्यान चलाएको सुहाएन भन्छन् । परिवारकै सदस्यलाई मैले गरेको मन परेको छैन । हाम्रो पारिवारिक व्यवसाय हो ।

कतिले ‘बाबुलाई गोठालो बनाईस्’ पनि भने । तर म हतोत्साहीत भएको छैन । विदेशमा गएर तल्लो स्तरको काम गर्नु हुने, आफ्नै माटोमा इज्जतका साथ पसिना वगाउन किन नहुने ? काम गरेर सानो भइने हो र ? उनीहरुलाई म कुनै जवाफ दिन्न । उनीहरुको प्रश्नको जवाफ मेरो कामैले देओस् भन्ने चाहन्छु ।

गाईभैंसीका लागि सरकारले ७५ प्रतिशत बीमाको व्यवस्था गरेको छ । बाँकी २५ प्रतिशत अर्थात २५ सय हाराहारी तिरेपछि एउटा गाईको एक वर्षसम्म बीमा हुन्छ । यो अवधिमा क्षति भए ९० प्रतिशत भुक्तानी पाउने व्यवस्था छ । यसले गर्दा ढुक्कले व्यवसाय संचालन गर्न पाउने अवस्था सिर्जना भएको छ ।

धेरै जना विदेश गएका छन् । उनीहरुलाई सम्झदा मन वहकिएर आउँछ । बैंक र वित्तिय संस्थाको ऋणको किस्ता तिर्नुपर्ने वाध्यताले मलाई सँधै झस्काइरहन्छ । अहिलेसम्म नियमित किस्ता बुझाउन सकिरहेको छु । यदि यही अवस्थालाई मैले टिकाउन सके दश वर्षपछि मेरो आर्थिक स्थिति धेरै माथि उठ्ने देखेको छु ।

मेरो जिवनमा केही शर्तहरु छन । गल्ती छिट्टै महशुष गरी कमजोरीबाट सँधै पाठ सिक्ने, नराम्रा कुराहरुलाई छोड्दै राम्रा कुराहरु जीवनमा लागू गर्ने, समयको ख्याल गर्ने र निरन्तर काम गरिरहने । यही लक्ष लिएर भविष्यमा एक सफल उद्यमीको सपना बोकी हिडिरहेको छु ।
(घिमिरेसँगको कुराकानीमा आधारित)

साभार : अर्थ संसारवाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर