Aamsanchar

आज बडादशैंको पाँचौ दिन,स्कन्दमाताको पूजा

Author Image
बुधवार, असोज १९, २०७३

skandmataकाठमाण्डौं । 

नेपालीहरुको महान पर्व बडादशैंको आज पाँचौँ दिन । नबदुर्गा भवानीको पाँचौ शक्तिको रुपमा रहेकी स्कन्दमाताको पूजा गरी मनाईंदैछ। भगवान स्कन्दकुमार कार्तिकेयको बाल स्वरुपलाई स्कन्दमाताले सँधै काखमा राखी ममतामयी स्नेह प्रदान गरेको हुनाले महानवरात्रीको पाँचौँ दिनलाई हिन्दु धर्माबलम्बीहरुले श्रद्धा भक्तिपूर्वक स्कन्दमाताको पुजाआजा गर्दछन् ।

सुर्य मण्डलकी अधिष्ठात्री देवी स्कन्दमातालाई माताको स्नेह दिने देवीको रुपमा लिने गरिन्छ । स्कन्दमाताको भक्तिपुर्वक पुजाआजा गरेमा पुत्रले माताबाट र माताले पुत्रबाट राम्रो माया पाउने तथा सम्बन्ध पनि सुमधुर रहने विश्बास रहेको छ । यसैगरी आज घटस्थापनाका दिन पुजाकोठा वा दशैं घरमा राखीएका जमराको पनि पुजा आजा गरी जल चढाईन्छ ।
बडा दशैंको पाँचौ दिन आज देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा विहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ । आज पनि उपत्यकामा रहेका नौवटा शक्तिपीठमा पूजा भइरहेको छ।

यसैगरी राजधानी बाहिरका सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, ताप्लेजुङको पाथीभरा, पोखराको विन्धवासिनी डोटीको शैलेश्वरी बाग्लुङको बाग्लुङ कालिका, गोरखाको गोरखकाली मकवानपुरको चुरियामाई र भुटनदेवी लगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाआजा भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर