Aamsanchar

मोदीलाई धम्की दिएको पत्र बोक्ने परेवा पक्राउ

Author Image
बुधवार, असोज १९, २०७३

एजेन्सी:

modi-sad

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएको पत्र बोक्ने एक परेवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको पठानकोटको प्रहरी चौकीले मोदीलाई धम्कीपूर्ण भाषामा लेखिएको पत्रसहित परेवा पक्राउ गरेको हो । परेवाले बोकेको पत्रमा सन् १९७१ को भारत पाकिस्तान युद्धको विषय समेटिएको छ ।

उर्दु भाषामा लेखिएको पत्रमा मोदीलाई सम्बोधन गर्दै धम्की दिइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पत्रमा भनिएको छ, ‘मोदी हामी उही १९७१ को युद्ध ताकाका नागरिक रहेनौँ । अहिले हरेक पाकिस्तानी नागरिक बालकसम्म पनि भारतविरुद्ध युद्ध गर्न तयार छौँ ।’

चर्चित अनलाइन मिररका अनुसार पत्रमा पाकिस्तानी लडाकु संगठन तस्कर ए तैबाको हस्ताक्षर रहेको छ । समाचारमा उल्लेख भए अनुसार मोदीलाई धम्कीपूर्ण भाषामा लेखिएको पत्र बोक्ने परेवालाई सबैभन्दा पहिला एक १४ वर्षका बालकले भेटेका थिए ।

चिठीसहितको परेवालाई गाउँलेले प्रहरी चौकीमा पुर्याएको समाचारमा उल्लेख छ । प्रहरीले परेवालाई हिरासतमा लिएर पत्रबारे अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

भारतमा यस अघि समेत जासुसी गरेको भन्दै परेवा पक्राउ पर्ने गरेका थिए । सन् २०१० मा भारतीय प्रहरीले सिसी क्यामेरा जडान भएको परेवा पक्राउ गरेको थियो ।

परेवाले प्रधानमन्त्रीलाई धम्की दिएको पत्र बोकेपछि भारतमा यो विषयले खुब चर्चा पाएको छ । प्रहरीले भने पत्रका सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै पूर्ण विवरण सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर