Aamsanchar

दृष्टिविहीनलाई लक्षीत गरी झापामा सुझाव संकलन

Author Image
बुधवार, असोज १९, २०७३

भद्रपुर।

blind_people

सरकारले बनाएको शिक्षा सम्बन्धि ऐन कानुन कार्यान्वयनका दृष्टिविहीनलाई लक्षीत गरी झापामा सुझाव संकलन अभियान सुरु गरेका छन् ।

दृष्टिविहीन युवा संघ नेपालले जिल्ला शिक्षा कार्यालय झापामा आयोजना गरेको शिक्षामा दृष्टिविहीन युवाहरुको सवाल सम्बन्धि सरोकारवालासंग गरिएको एक दिने अन्तरक्रिया कार्याक्रममा अभियान सार्वजनिक गरेका हुन् । सरकारले बनाएको नियम कानुन अपर्याप्त भएको र बनेको कानुनपनि कार्यान्वयन नभएकोले पुन थप ऐन कानुन तर्जुमा गरिनु पर्ने उदेश्य लिएर अन्तरक्रियाको माध्यामवाट सुझाव संकलन झापावाट सुरु गरिएको दृष्टिविहीन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले बताउनु भयो ।

शिक्षामा दृष्टिविहीनहरुको समस्या र समधानको उपाय सम्बन्धि सुझाव संकलन गरी राष्ट्रियस्तरमा पुर्याउने भण्डारीले बताउनु भयो । सुझाव संकलनमा झापा सहित काठमाण्डौ, बाँके, रुपन्देही, कैलाली, कास्की गरी ६ ओटा जिल्लामा क्रमश सुरु गरिएको उहाले बताउनु भयो । अभियानको अवधी २ वर्ष रहेको छ । कार्यक्रममा शिक्षा विभागका समावेसी शिक्षा शाखा अधिकृत नारायणप्रसाद धमलाले ऐन कानुनको व्यवस्था साथै हालसम्म विभागले अघि सारेका विषयको बारेमा कार्यपत्र प्रस्तुत् गर्नू भएको थियो ।

शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाइले विद्यालयहरु अपाङ्गमैत्री भनेपनि सो अनुरुप नपाइएको बताए । सरकारले सवै कागजी रुपमा मात्र कार्य गरेको प्रति दुःख व्यक्त गरेका थिए । कार्यक्रममा मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाइ, शिक्षक खिलप्रसाद सिवाकोटी लगायतले शिक्षामा देखिएको समस्याका बारेमा बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)