Aamsanchar

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Author Image
बुधवार, असोज १९, २०७३

भद्रपुर ।

images

नेपाली काग्रेस भद्रपुर नगर समितिले दशै, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नगर समितिका सभापति मोहन महर्जनको अध्यक्षता तथा नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट पार्टीमा योगदान पु¥याएको भन्दै महासमिति सदस्य जीतबहादुर पुरी, अम्बिकाप्रसाद रिजाल, नेपाल महिला संघका केन्द्रिय सदस्य गोमाकुमारी भटटराईलाई सम्मान गरेका थिए ।

उनीहरुलाई सिटौलाले दोसल्ला ओराएर सम्मानपत्रले सम्मान गरेका थिए । त्यस्तै सोही अवसरमा मरोणप्रान्त सम्मान तर्फ पूर्व वडा अध्यक्ष स्व. विरहाङ्ग लिम्बु र पूर्व क्षेत्रीय सभापति स्व. मदन गुरुङ्गलाई गरेका थिए । उनीहरुको परिवारलाई सो सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटी, महिला संघका क्षेत्रीय सभापति शर्मिला अधिकारी, जिल्ला सदस्य लत्ता कार्की, महिला संघका जिल्ला सभापति सुशिला ढकाल, महासमिति सदस्य तारा भुर्तेल, सम्मानित व्यत्तित्व जीतबहादुर पुरी, अम्बिकाप्रसाद रिजाल, गोमाकुमारी भटटराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य नगर सदस्य मञ्जु दाहालले राखेकी कार्यक्रमको सञ्चालन नगर सचिव शैलेस ढुंगानाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)