ताप्लेजुङ ।

ताप्लेजुङ नगरपालिकाका पहिरो पीडित परिवारलाई नयाँ शक्ति नेपाल र प्रकृतिक प्रकोप विपत सहायता केन्द्र ताप्लेजुङले दशैं खर्च स्वरुप राहत रकम वितरण गरेको छ ।

साथै सोहि स्थानमा पीडितको लागि मंगलबार निः शुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको छ । पहिरोलेे ताप्लेजुङ नगरपालिका ८ स्थित हिटिमा १६ परिवार विस्थापित भएका थिए ।

विस्थापितहरुलाई नगद ३ हजार पाँचसय र आंशिक क्षति भएका ४४ परिवारलाई २ हजार पाँच सयका दरले नगद प्रदान गरेको आयोजकले बताएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङका डाक्टरसहितको टोलिको सहभागितामा निशुल्क स्वास्थ्य परीक्षण र औषधि समेत वितरण गरीएको नयाँ शक्ति पार्टी नेपालले बताएको छ ।
Views: 167

