Aamsanchar

दुई महिनामा १८१ बस दुर्घटना,३०८ जनाको मृत्यु

Author Image
बुधवार, असोज १९, २०७३

काठमाडौं ।

Bus-Accident-rasuwa

पछिल्लो दुई महिनामा मात्र देशभर १८१ बस दुर्घटना भएको पाइएको छ । साथै १ हजार २९६ मोटरसाइकल दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सवारी दुर्घटनाबारे जानकारी दिएका हुन् । उनका अनुसार सवारी दुर्घटनामा परी ३०८ जनाको मृत्यु भएको छ भने २ हजार ७२६ जना घाइते भएका छन् भने केही अझै वेपत्ता छन् । जसमा पूर्वगृहमन्त्री माधव घिमिरे र उनका दुई भाइ पनि पर्छन् ।

चितवन दारेचोकको घोप्टेभीरबाट घिमिरे सवार जिप त्रिशुली नदीमा खसेको थियो । मृतकका आफन्तले कुशको शव बनाएर अन्तिम संकार गरेपनि सरकारले भने खोजी जारी राखेको छ । गोताखोरहरुले माथिल्लो भेगमा दुर्घटनामा कुनै अवशेष नभेटिएको बताएकाले अहिले २०० सुरक्षाकर्मीहरु डुंगा परिचालन गरेर तल्लो भेगमा खोजी जारी राखिएको छ ।

साउन १९ देखि असोज १७ सम्म देशभर बाढी पहिरोमा परेर १२१ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन् । १९ जना अझै वेपत्ता छन् । यस्तै २८४ घरमा क्षति पुगेको छ भने २० करोडभन्दा बढीको क्षति भएको मन्त्री निधिले जानकारी दिए ।

सरकारले पछिल्लो समय प्राकृतिक विपत्तमा परेर ज्यान गुमाएकाका परिवारलाई दिने काजक्रिया खर्च बढाएको गृहमन्त्री निधिले संसदलाई जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर