Aamsanchar

बडा दशैंको आज छैटौं दिन,कात्यायिनी भगवतीको पूजा

Author Image
बिहिवार, असोज २०, २०७३

 

नेपालीहरुको महान चाड बडा दशैंको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा अर्चना गरिन्छ । नवरात्रको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ।

katyayani-mata

आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ ।

तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

नवरात्रको छैठौं दिन आज कात्यायिनी भगवतीको पुजाका लागि देशका शक्तिपिठ तथा मन्दिरहरुमा पुजा गर्नेको घुइंचो लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)