Aamsanchar

आजको तपाइको राशीफल यस्तो छ

Author Image
बिहिवार, असोज २०, २०७३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्ने उत्साह र हौसला बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले काम सफल हुनेछन् । नयाँ कामको सुरुवात हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तानको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास बढ्नेछ । समाजमा प्रतिष्ठा वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । परोपकारी काममा रुचि बढ्नेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनमा सुधार हुनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक काममा सफलता मिल्नेछ । कृषिकामबाट लाभ मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा समस्या आउनेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । राज्यबाट सम्मान प्राप्त हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक काममा रुची बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । शैक्षिक भ्रमणको अवसर प्राप्त हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बौद्धिक काममा सफलता मिल्नेछ । काममा साथीभाईको सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरायसी खर्च बढ्नेछ । परोपकारी कार्यको थालनी हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रको लगानी सफल रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ । राज्यबाट सहयोग प्राप्त हुनेछ । आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पढाई लेखाइमा प्रगति हुनेछ । रोजगारिमा पदोन्नति हुनेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । नकारात्मक सोचाइ बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । रमाइलोमा समय बित्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक नेतृत्व प्राप्त हुनेछ । रोजगारको अवसर मिल्नेछ । शत्रु परास्त हुनेछन् । समाजमा बोलीको प्रभाव बढ्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर