Aamsanchar

सुनको मूल्य ११०० घट्यो

Author Image
बिहिवार, असोज २०, २०७३

काठमाडौँ ।

छापावाल सुनको मूल्य  प्रतितोला रु एक हजार १०० ले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा आज प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु ५७ हजार ८०० रहेको थियो । आज तेजावी सुनको मूल्य रु ५६ हजार ४५० मा कारोबार भयो ।

अघिल्लो असली चाँदीको मूल्य पनि प्रतितोला रु ८६० मा कायम भई कारोबार भएकामा आज रु ३० घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा प्रतिऔँश ३५ अमेरिकी डलर घटेर आज एक हजार २८० डलरमा कारोबार भएको जानकारी दिनुभयो । दसैँको समयमा बजारमा सुनको मूल्य घट्दा उपभोक्ताको आकर्षण बढ्ने र कारोबारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)