एजेन्सी।
मलेसियाको राष्ट्रिय झण्डालाई कट्टु बनाएर लगाएपछि पक्राउ परेको अस्ट्रेलियाका ९ जना रिहा भएका छन् ।
मलेसियाको सिमाङमा गएको आइतबार फरमुला वान ग्राण्ड पिक्स प्रतियोगिताका क्रममा झण्डा अंकित कट्टु लगाउने अस्ट्रेलियाका ९ जनालाई प्रहरीले पक्राउ गरेको गरेको थियो । सार्वजनिक ठाउँमा अभद्र व्यवहार देखाएको साथै राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै उनीहरुलाई बिहीबार आदालतको आदेशपछि रिहा भएका हुन् ।
आदालतले उनीहरुलाई जरिवाना तिराउने तर जेलमा राख्नु नपर्ने फैसला गरेको छ । उनीहरुले अदालत समक्ष आफ्ना क्रियाकलापप्रति माफि मागेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 220