Aamsanchar

सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड

Author Image
बिहिवार, असोज २०, २०७३

उर्लाबारी (मोरङ) ।

Bijaya.jpg.pagespeed.ce.wYey90m_JG

मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

दलहरुले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा आउनाको विकल्प नभएको बताउँदै अध्यक्ष गच्छदारले सहमतिबिना संविधान संशोधन र यसको कार्यान्वयन सम्भव नभएकाले सबै दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर