Aamsanchar

पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बेलबारीलाई

Author Image
शुक्रवार, असोज २१, २०७३

उर्लाबारी (मोरङ)।

foot-1024x680

स्थानीय बाहुनीमा सम्पन्न पूर्वाञ्चलस्तरीय एम्ब्रियो कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लबले हात पारेको छ ।

आज भएको फाइनल प्रतिस्पर्धामा बेलबारी आयोजक एम्ब्रियोलाई ३–० गोल अन्तरले पराजित गर्दै रु ५५ हजार सहितको उपाधि हात पार्न सफल भएको हो । उपविजेता बनेको आयोजकले रु ३५ हजारसहित कप प्राप्त गरेको छ । राष्ट्रिय खेलाडी समेत सम्मिलित दुवै टोलीको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक भई पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको १७औँ मिनेटमा बेलबारीका सञ्जीव राईको पासमा विनोद अधिकारीले गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसलगत्तै २१औँ मिनेटमा बेलबारीका समिर सुनुवारले पुनः १ गोल थपेर आफ्नो टोलीलाई जितको सुनिश्चित बनाएका थिए । खेलको इन्जुरी टाइममा नगेन्द्र लिम्बूले अर्काे गोल थप्दा ३–० को स्थितिमा बेलबारी जित हासिल गर्न सफल भयो । समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भुप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर