Aamsanchar

यात्रुलाई सधैं गुणस्तरहीन खाना

Author Image
शुक्रवार, असोज २१, २०७३

काठमाडौं:

Nepali-food-57f6f80fbaac38.54704707

राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निःशुल्क सुस्वादु भोजन । दसैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटेलमा सधैंजसो यही क्रम चल्दै आएको छ ।

राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले बढी मूल्य असुल गरे पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् । तीनै होटेल तथा रेस्टुराँले चालकका लागि भने अलग्गै कोठामा विशेष भान्साको व्यवस्था गर्छन् । यात्रुवाहक बसका चालकसहित स्टाफका लागि अलग्गै कोठामा खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा, पापड, सलाद, कम्तीमा दुई थरी हरियो तरकारी, बासना आउने चामलको खानासहित कोल्ड ड्रिंक्स पनि व्यवस्था हुन्छ ।

चालकसहित तीनचारजनालाई यस्तो विशेष भान्साबाहेक यात्रु ल्याइदिएबापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटेल व्यवसायीले दिने चालकहरू बताउँछन् । चाडबाडमा उपहारस्वरूप बियर र महँगा मदिरा बेग्लै । यात्रुलाई भने कक्रक्क परेको नमिठो भात, एक थोक तरकारी र दाल । हेर्दै खान मन नलाग्ने ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटेल तथा रेस्टुराँका सम्बन्धमा गरेको पछिल्लो अनुगमनबाट चालक र यात्रुले खाने खानाको गुणस्तरमा यस्तो खाडल देखिएको हो । ‘हाम्रो अनुगमनले यस्तो स्थिति देखिएको छ । यसलाई हटाउन संयुक्त प्रयासको खाँचो छ,’ खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने ।

नौबिसे, खानीखोला, धार्के, गजुरी, मलेखु, रामनगर, मुग्लिन र नारायणघाट क्षेत्रका सडक खण्डका होटेल तथा रेस्टुराँले यात्रुलाई राजधानीको सामान्य होटेलभन्दा झन्डै तीनगुना बढी मूल्य असुल गरी गुणस्तरहीन खाना खुवाउँदै आएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पे्रमलाल महर्जनले होटेल सञ्चालकले यस्तो प्रकारको गुणस्तरहीन खाना खुवाएर यात्रुको स्वास्थ्यसँग सीधै खेलवाड गरेको आरोप लगाए ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर