Aamsanchar

१२ लाखभन्दा बढी मानिसले राजधानी छाडे

Author Image
शुक्रवार, असोज २१, २०७३

काठमाडौं।

bus

दशैं मनाउन काठमाडौंबाट बाहिरिनेहरुको चाप निकै बढेको छ । दशैं शुरु भएपछिको ६ दिनमा राजधानीबाट १२ लाखभन्दा बढी मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाका नाकाहरुमा विशेष चहलपहल छ । नागढुंगा, साँखु, साँगा, बल्खु, मुड्खु, टोखालगायतका नाकामा दशैंका लागि घर फर्किने सर्वसाधारण चढेका सवारी साधनको लर्को लागेको छ ।

दशैंलाई लक्षित गरी यातायात व्यावसायीहरुले थप बसको समेत व्यवस्था गरेका छन् । यात्रुलाई सुरक्षित यात्रा गराउन राजमार्गमा सुरक्षा गस्ती, छड्के चेकजाँच बढाइएको छ ।

अझै तीन दिनसम्म उपत्यकाबाट बाहिरिनेको संख्या बढ्ने ट्राफिक महाशाखाको अनुमान छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि यात्रुको अझै केही दिन बढ्ने जनाएको छ ।

शनिबार फूलपाती र सँगै सरकारी बिदा परेकाले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर