[लीला अनमोल]
नदि बग्यो एकोहोरो
र वस्तै नगरी छोएर गयो किनार
आहा बेरोक टोक बग्नुको मज्जा कत्ती !
अनिर्णयका पाइलाहरु तेकेर
जथाभावी दगुर्नुको मज्जा बेग्लै
बेग्लै मज्जा !!!
कोपिला चुडर फुलको
एक अर्का सग लुकामारी खेल्नु
चोरेर सुतुक्क आमाको सिरानी बाट
चारानी आठ आनि का सिक्काहरु
वल्लो घर पल्लो घरका सथी संगीहरु
स्वतन्त्र भेला भएर
नाङ्गै नुहाउनु खोलिभित्र
र त्यहीँ नेर
अम्मल दम्मल खैरेपात भन्दै
खेल्नु लुकिदुम बेपर्वाह
भागेर सिमलफेद को चौतारिमा
बेहुला बेहुला खेल्नु
र
एक अर्का सग आलिङन गर्नु कत्ती मज्जा
तर
समय हुर्किएर
अलग भएको छ यतिबेला
हिद्दै गर्दा बातोमा उस्लाइ भेट्दा
टाउको निहुर्याएर लजाउन मन लाग्छ
खोइ कुन्नी कस्तो हो एउटा रहर
छातिभरी सजाउन मन लाग्छ
भागेर एकान्तमा केहिबेर
निदाउन मन लग्छ सधै
कल्पनामा सुस्तरी
हराउन मन लाग्छ
टाढा कतै आफैलाइ बिर्सिएर ।
फेरि त्यही समय छिप्पिएरआज
बौद्धिक ता को झापद हानिरहेछ
यतिबेला
म न रहर मा मत्तिन सक्छु
न जहर मा आत्तिन सक्छु ।।।।।