Aamsanchar

आधा दर्जन गाविस अन्धकारमा

Author Image
शनिवार, असोज २२, २०७३

दमक ।

पावर ट्रान्सफर्मरमा समस्या आएपछि झापाको माईपश्चिम क्षेत्रका झन्डै आधा दर्जन गाविस तीन दिनदेखि अन्धकारमय भएका छन् ।

विद्युत् अवरुद्ध भएपछि माईपश्चिम क्षेत्रका महाभारा, कोराबारी, पाँचगाछी, बैगुनधुरा र तोपगाछीका बासिन्दा प्रत्यक्ष प्रभावित भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रअन्तर्गतको पाँचगाछीस्थित बोलो चोकमा रहेको सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएपछि तीन दिनदेखि ती क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएका छन् । विद्युत् अवरुद्ध भएपछि त्यस क्षेत्रमा कुटानीपिसानीदेखि सञ्चार सेवा समेत प्रभावित हुन पुगेपछि त्यहाँको जनजिवन अस्तव्यस्त बनेको छ ।

ट्रान्सफर्मर मर्मतका लागि समय लाग्ने भएकाले दसैँपछि मात्र ती क्षेत्रमा पूर्णरुपमा विद्युत् सेवा उपलब्ध हुन्छ तर ग्राहकको मागलाई ध्यानमा राखेर प्राधिकरणले दैनिक दुई तिन घण्टा भएपनि विधुत सेवा पुरियाउने गृह कार्यमा जुटेको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दमकले जनाएको छ ।

विद्युत् नहुँदा त्यस क्षेत्रका बासिन्दा मोबाइल चार्ज गर्नसमेत शिवगञ्ज, गौरादह धाउनुपरेको महाभारा गाविसका भवानी काफ्लेले बताउनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर