Aamsanchar

युएईमा दशैं तिहारको रमझम र वनभोज

Author Image
शनिवार, असोज २२, २०७३

uae[भरत शिवाकोटी]

युएई  ।

युएई, नेकपा एमाले सम्बद्द प्रवासी नेपाली मन्च युएईको आयोजनामा गत ७ अक्टोबरमा नेपालीहरुको महान पर्व ‘’बडादसैं तथा दिपावली शुभकामना आदान-प्रदान एवम वनभोज कार्यक्रम’’ सम्पन्न भएको छ ।

युएईको सबै क्षेत्रबाट उत्साहजनक सहभागिता रहेको कार्यक्रममा विशेस अतिथी नेकपा एमालेका युवा नेता केन्द्रिय कमिटी सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण प्रवासमा रहनुभएका नेपालीहरुलाई बडादसैं तथा दिपावलीको शुभकामना दिदै प्रवासमा विभिन्न कारणले समस्यामा परेका नेपालीहरुको उद्दारका निमित्त नेपाल सरकार र सम्बन्धित देशका दुतावासहरुले पहल गर्नुपर्ने साथै यस बिषयमा संसदमा गम्भिरतापुर्वक कुरा उठाउने बताउनुभएको थियो ।

कार्यक्रममावर्तमान नेपाल कुनै एक जात विशेसले नबनाएको प्रसङ्ग कोट्टयाउदै भट्टराईले भन्नुभयो, यदी तात्कालिन नेपाल एकिकरणको समयमा पृथिवीनारायाण शाहले चाहेको भए उनी रहने गोरखा राज्यलाई नै राजाधानी बनाउन सक्थे तर उनले त्यसो गरेनन काठमाडौमा रहेका जातजातीको संस्कृतिलाई सम्मान गर्दै काठमाडौलाई नै नेपालको राजाधानी बनाए ।

uae1

यो इतिहाशलाई बिर्सेंर अहिले कुनै जात तथा नशलका आधारमा राज्य विभाजन गरेर देशलाई अस्थिरताको भुमरिमा लैजान एमाले सहमत हुन सक्दैन । तर संबिधानमा असन्तुस्ट रहेका केही दलहरुलाई सम्बोधन गर्न देश र जनताको हित हुने गरी संबिधान संशोधन गर्न एमाले तयार रहेको छ, देशलाई सम्रिद्दी तिर लैजान अब ढिला गर्न हुँदैन उहाँले भन्नुभयो  ।

दुवईको रमणीय स्थान जाबिल पार्कमा सम्पन्न उक्त कार्यक्रममा भट्टराईले नेकपा एमालेले के गर्छ र केही समय अगाडि एमाले नेत्रित्वको सरकारले देश र जनताका निमित्त कस्ता कदम चालेको थियो सबैलाई जगजाहेर रहेको बताउँदै भन्नुभयो, वर्तमान सरकारले जनताको हितमा काम गर्न सक्दैन, अब देशलाई सम्रिद्द बनाउन सक्ने पार्टी भनेको एमाले नै रहेको विश्वास आम जनतामा भएको कुरा देशैभरी एमालेमा प्रवेशको लहरले पुस्टि गर्दछ ।

नेपाल विश्वमै उत्कृष्ट सम्पदापूर्ण देश रहेको तर पछील्लो समयमा जसरी भारत, श्रीलङका जस्ता देशमा धर्मका नाममा विभाजन गरियो त्यसरी नै नेपालमा अहिले जात, निश्चित भौगोलिक क्षेत्र आदिका नाममा विचलन ल्याउने प्रयत्न भैरहेकोले यस कुरामा सचेत रहुनुपर्ने औल्याउँदै उहाँले प्रवासी नेपाली मन्च युएईले अवधारणा बनाएर अगाडि बढाएको प्रवासी नेपालीहरुले हाइड्रोपावरमा लगानी गर्ने कार्यको प्रशङसा गर्नुभएको थियो ।

उहाँले सबैलाई एकजुट भएर नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न आव्हान गर्दै नेपालमा लगानी गर्ने अवसर रहेको र त्यसको सुरक्षाको ग्यारेण्टी दिन नेकपा एमाले प्रतिबद्द रहेको बताउनुभएको थियो ।

प्रवासी नेपाली मन्च युएईको अवधारणा अनुरुप प्रवासमा रहेका नेपालीहरुको सानो सानो पुँजीलाई एकत्रित गरी लगानी गर्न ओभरसिज नेप्लिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेड नेपालमा दर्ता भएर अघी बढीसकेको हुँदा लगानी गर्न चाहने व्याक्तिहरुलाई [email protected]को ईमेल ठेगानामा संपर्क गर्न प्रवासी नेपाली मन्च युएईका अध्यक्ष श्याम कँडेलले सबैलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा पाल्नुभएका युएईका कार्यवाहक राजदुत नेत्र बहादुर टण्डनले शुभकामना मन्त्वय राख्नुभएको थियो । प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटीका अध्यक्ष श्याम कँडेलको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सचिव कृष्ण पौडेलले गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष प्रकाश कोइरालाले समेत मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर